काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ राजदूत छन् सोङबीच भेटवार्ता भएको छ। राजदूत सोङ प्रधानमन्त्री दाहाललाई भेट्न सोमबार बिहान साढे ९ बजे बालुवाटार पुगेका थिए ।
उनीहरूबीच करिब एक घन्टा छलफल भएको स्रोतले जनाएको छ । उनीहरूबीच बिआरआई परियोजना र हालै पोखरामा सम्पन्न ड्रायगन फेस्टिभलका विषयमा छलफल भएको थियो ।
राजदूत छन् सोङले पछिल्लो समय नेपालमा गइरहेको बाढी पहिरोको विषयमा प्रधानमन्त्री दाहालसँग जानकारी लिएका थिए । उनले सम्भावित प्राकृति विपत्तिमा चीन सधैं साथ रहने प्रतिवद्धता जनाएका थिए ।
भेटवार्तामा प्रधानमन्त्री दाहालको चीन भ्रमणका विषयमा पनि छलफल भएको थियो । मिति तय नभए पनि परराष्ट्र मन्त्रालय र चिनियाँ दूतावासले भ्रमणको तयारी गरिररहेको स्रोतले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्