Ads

न्याय परिषद् सचिवालयको बैठक विनानिष्कर्ष सकियो


काठमाडौं । न्याय परिषद् सचिवालयको बैठक विनानिष्कर्ष सकिएको छ । सोमवार बसेको परिषद् बैठकमा उच्च अदालतमा रिक्त न्यायाधीश नियुक्तिका विषयमा छलफल भए पनि निर्णय भने हुन सकेन । आउँदो बुधवार असार १३ गते पुनः बैठक बसेर न्यायाधीश नियुक्तिबारे निर्णय हुने न्यायपरिषद् सचिवालयका प्रवक्ता मानबहादुर कार्कीले बताए ।

न्यायपरिषद बैठक बस्नुअघि न्याय सेवा आयोगको बैठकसमेत बसेको थियो । बैठकले लोकसेवा आयोगबाट उत्तीर्ण भएका ७ जना उपसचिवहरूलाई नियुक्ति दिनुका साथै पदस्थापन गर्ने निर्णय भएको कार्कीले जानकारी दिए ।

३ जना उपसचिवहरूलाई सर्वोच्च अदालत, एक जनालाई कोशी प्रदेश सभा, एक जनालाई जिल्ला सरकारी वकिलको कार्यालय जुम्ला र एक जनालाई जिल्ला सरकारी वकिलको कार्यालय डोटीमा पदस्थापन गरिएको उनले बताए ।प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको अध्यक्षतामा न्यायपरिषद् तथा न्याय सेवा आयोगको बैठक बसेको थियो ।

Ads

सम्बन्धित पोष्टहरू