Ads

ललिता निवास प्रकरणमा पक्राउ पर्नेको संख्या गुरुङसहित ८ पुग्यो


काठमाडौँ । ललिता निवास प्रकरणमा पक्राउ पर्नेको संख्या ७ पुगेको छ । सुधीरकुमार शाहलाई पक्राउ परेसँगै यो सङ्ख्या थपिएको हो । एआईजी किरण बर्जाचार्यका अनुसार शाह धुम्बाराहीस्थित आफ्नै निवासबाट पक्राउ परेका हुन् ।

यसअघि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले  भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङसहित डिल्लीबजार मालपोत कार्यालयका तत्कालीन प्रमुख कलाधर देउजा,  डिल्लीबजार मालपोतका तत्कालीन खरदार गोपाल कार्की,  कर्मचारी सुरेन्द्रमान कपाली, हुपेन्द्रमाणि केसी र धर्मप्रसाद गौतमलाई पक्राउ गरेको थियो ।

Ads

सम्बन्धित पोष्टहरू