Ads

लुम्बिनी प्रदेश सरकारले फेर्‍याे दुई मन्त्रालयको नाम


काठमाडाैँ । लुम्बिनी प्रदेश सरकारले दुई मन्त्रालयको नाम फेरेको छ।

बुधबार बसेको मन्त्रिपरिषदको बैठकले प्रदेशमा रहेको आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालयको नाम परिवर्तन गरेर गृह मन्त्रालय बनाउने निर्णय गरेको छ।

त्यसै गरेर आर्थिक मामिला मन्त्रालयको नाम परिवर्तन गरेर अर्थ मन्त्रालय बनाउने निर्णय भएको सरकारका प्रवक्ता तथा आन्तरिक मामिला मन्त्री सन्तोषकुमार पाण्डेले जानकारी दिए । मन्त्रिपरिषद बैठकले करार कर्मचारी व्यवस्थापन कार्यविधि २०८० को पहिलो संशोधन गर्ने निर्णय गरेको छ ।

बैठकले लुम्बिनी प्रदेशको स्वामित्वमा रहेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरलाई दुई सय बेडको अस्पताल बनाउने गरि कर्मचारी व्यवस्थापन (ओएनएम) को स्मृति प्रदान गर्ने निर्णय गरेको मन्त्री पाण्डेले जानकारी दिए ।

त्यसै गरेर आर्थिक वर्ष २०७८/७९ को सशर्त अनुदान तर्फको दायित्व भुक्तानीको स्वीकृत गरेको छ ।

त्यसै गरेर निर्देशनालयको व्यवस्थापनका लागि प्रदेश सरकारका विभिन्न मन्त्रालय अन्तर्गत रहेका निर्देशनालयको कार्यक्षेत्र, भूमिका, सेवाको प्रभावकारीता र आवश्यकताको अध्ययन गरी प्रभावकारी कार्य सम्पादन र कर्मचारीको वृत्ति विकासको पक्ष समेत विश्लेषण गरी अध्ययन गर्न नेपाल सरकारका पूर्व सचिव शरदचन्द्र पौडेलको संयोजकत्वमा समिति गठन गर्ने र त्यो समितिले एक महिनाभित्रमा अध्ययन प्रतिवेदन पेस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता पाण्डेले बताए ।

Ads

सम्बन्धित पोष्टहरू