Ads

जेनेरेटरमा आगलागी भएपछि प्रदेशसभा बैठक स्थगित


काठमाडाैँ । जेनेरेटरमा आगलागी भएपछि लुम्बिनी प्रदेशसभा बैठक स्थगित भएको छ ।

सभामुख तुलाराम घर्तीले जेनेरेटरमा आगलागी भएकाले १० मिनेट बैठक स्थगित भएको जानकारी दिए।

बुधबार दिउँसो करिब १ बजेर ५० मिनेटमा जेनेरेटरमा आगलागी भएको थियो। एमालेका सांसद तुलसीप्रसाद चौधरी बोलिरहेको समयमा सभाको बत्ती गएको थियो। बत्ती जाँदा सांसदहरू अँध्यारोमै बसेका थिए।

दोस्रो अधिवेशनको १७औँ बैठकमा सत्तापक्ष र प्रतिपक्षबीच संसद् अघि बढाउने सहमति भएको थियो। मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले सभालाई सम्बोधन गरेपछि प्रतिपक्षी दलले पनि छलफलमा भाग लिइरहेका थिए।

Ads

सम्बन्धित पोष्टहरू