काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेको अवरोधका कारण बुधबार स्थगित राष्ट्रिय सभाको बैठक आज बस्दैछ ।अपराह्न १ बजेर १ मिनेटमा बस्ने गरी बैठक निर्धारण भएको संसद् सचिवालयले जनाएको छ ।
बुधबार दिउँसो साढे २ बजे बैठक प्रारम्भ हुनेबित्तिकै एमालेका सांसदले ‘प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूलाई प्रधानमन्त्री बनाउन व्यवसायी प्रितम सिंह दिल्ली धाएको’ भनी दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै बैठक अवरोध गरेका थिए ।
एमाले सांसदको अवरोधपछि बैठक आधा घण्टाका लागि स्थगित भएको थियो। निर्धारित समयमा बैठक बस्न नसकेपछि संघीय संसद् सचिवालयले पुनः पौने ५ बजे बैठक बस्ने सूचना जारी गरेको थियो । तर त्यो समयमा पनि बैठक बस्न सकेन । त्यसपछिअध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बिहीबारका लागि बैठक बोलाएका हुन् ।
प्रतिक्रिया दिनुहोस्