Ads

प्रधानमन्त्रीको राजीनामा मागेसँगै गठबन्धनको बैठक बालुवाटारमा जारी


काठमाडौं । नेकपा (एमाले)ले प्रधानमनत्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा मागेर संसद अवरुद्ध गरेपछि नयाँ रणनीति तय गर्न बसेको सत्तारुढ सात दलको बैठक जारी छ ।

विपक्षी एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले संसद अवरुद्ध गरेपछि नयाँ रणनीति तय गर्न प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केही बेर अघिबाट बैठक बसिरहेको हो ।

बैठकमा संसद् अवरोध, मिटरव्याजविरुद्धको अध्यादेश निष्क्रिय भएको र समग्र सरकारकारका कामकारबाहीबारे छलफल भइरहेको जनाइएको छ । बैठकमा माओवादी केन्द्र, नेपाली कांग्रेस, जसपा, नेकपा एकीकृत समाजवादी, लोसपा, जनमत र नागरिक उन्मुक्ति पार्टीका नेताहरू सहभागी छन् ।

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले केही दिनअघि बोलेको अभिव्यक्ति देशसहित विरोधी भएको भन्दै राजीनामा मागेर सदन अवरुद्ध गरेको छ ।प्रधानमन्त्रीले त्यसको जवाफ दिनुपर्ने र राजीनामा दिनुपर्ने अन्यथा सदन चल्न नदिने अडान लिएको छ ।

Ads

सम्बन्धित पोष्टहरू