Ads

चुनौती : मानिस जोगाउने कि वन्यजन्तु ?


काठमाडौं \ मानव वन्यजन्तु द्वन्द्वलाई न्यूनीकरण गर्न वन्यजन्तुबाट हुने क्षतिको राहत सहयोग निर्देशिका अनुसार आर्थिक वर्ष २०७८÷७९ मा १५ करोड ५८ लाख दुई हजार ४६८ रुपियाँ राहत वितरण गरिएको छ । १९ वटा निकुञ्ज तथा संरक्षण क्षेत्रमार्फत सो रकम किसानलाई उपलब्ध गराइएको हो ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका अनुसार सो रकम राष्ट्रिय निकुञ्जमार्फत् डिभिजन वन कार्यालयले किसानलाई हस्तान्तरण गरेको छ । क्षतिपूर्तिबापत सबैभन्दा धेरै चितवन राष्ट्रिय निकुञ्जमा तीन करोड ४७ लाख रुपियाँ वितरण गरिएको हो । दोस्रोमा शिवपुरी राष्ट्रिय निकुञ्जले दुई करोड ९९ लाख क्षतिपूर्ति वितरण गरेको छ ।

निर्देशिकाले पलायो आशा

देशव्यापी रूपमा जङ्गली जनावरले पारेको क्षतिको राहत दिने उद्देश्यले वन्यजन्तुबाट भएको क्षतिको राहत वितरण निर्देशिका २०८० जारी भएसँगै क्षतिपूर्तिको बाटो खुलेको छ । वन्यजन्तुबाट जनधनको क्षति भएमा राहत वितरण गर्ने प्रव्रिmयालाई सरल बनाउन निर्देशिका जारी भएको जनाइएको छ । निर्देशिकामा १६ वटा जनावरबाट मानवीय तथा अन्नबालीमा क्षति भएमा राहत दिने विषय उल्लेख छ । हात्ती, गैँडा, बाघ, भालु, चितुवा, हिउँ चितुवा, ध्वाँसे चितुवा, ब्वाँसो, जङ्गली कुकुर, जङ्गली बँदेल, अर्ना, मगर गोही, गौरीगाई, अजिङ्गर नीलगाई, बाँदरले पु(याएको क्षतिमा क्षतिपूर्तिको व्यवस्थापन गरेको छ ।

बाँदरले बाली क्षति गरेमा कृषकले क्षतिपूर्तिस्वरूप १० हजार रुपियाँसम्म पाउने छन् । वन तथा वातावरण मन्त्रालयले जारी गरेको ‘वन्यजन्तुबाट भएको क्षतिको राहत वितरण निर्देशिका–२०८० मा पहिलो पटक नीलगाई र बाँदरका कारण हुने मानवीय, पशु र अन्नबालीमा गर्ने क्षतिबापत पनि राहत दिने विषय समावेश छ ।

सर्वोच्च अदालतले १९ चैत २०७४ मा ‘वन्यजन्तुबाट हुने क्षतिको राहत निर्देशिका, २०६९ मा बाँदरले कृषकलाई पु(याएको हानि–नोक्सानीबापत क्षतिपूर्ति पाउने व्यवस्था गर्न प्रधानमन्त्रीको कार्यालय, वन मन्त्रालयसहितका नाममा निर्देशनात्मक आदेश जारी गरेको थियो ।

वन्यजन्तुबाट किसानले खोरमा पालेका कुखुरा र पोखरीमा पालेका माछा नष्ट भएमा पनि राहत पाइने भएको छ। यसअघि मानवीय क्षति, पशुधन, घरगोठ क्षति, खाद्यान्न बाली र भण्डारण गरेको अन्न नष्ट भएमा राहत उपलब्ध हुँदै आएकामा यो शीर्षकमा कुखुरा र माछा पनि थपिएका छन् । निर्देशिकामा वन्यजन्तुको आक्रमणबाट अङ्गभङ्ग भएर जीवनभर शारीरिक रूपले अशक्त भएकालाई पनि राहतको व्यवस्था थपिएको छ । यसअघि गम्भीर घाइतेलाई दुई लाख रुपियाँसम्म उपचार खर्च दिइँदै आएकामा अङ्गभङ्ग भई जीवनभर गम्भीर रूपले शारीरिक अशक्त हुने अवस्था भएमा एकमुष्ट पाँच लाख रुपियाँ उपलब्ध गराइने व्यवस्था थप गरिएको हो ।

 

Ads

सम्बन्धित पोष्टहरू