Ads

नायिका निरुता सिंहले गरिन् विवाह


काठमाडौ\ अभिनेत्री निरूता सिंहले बिहे गरेकी छन्।

उनले मुम्बईका सञ्जीभ गुलाटीसँग लगनगाँठो कसेकी हुन्।

शनिबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले गत अगस्ट ३१ मा गुलाटीसँग बिहे गरेको जानकारी दिएकी हुन्।

‘यतिका वर्षदेखिको एक मात्र प्रश्न, जसको बिना मेरो कुनै पनि अन्तर्वार्ता पूर्ण हुँदैन थियो। त्यो हो ‘ुनिरूता जी बिहे कहिले गर्नेरुु भन्ने प्रश्न। आज त्यसै प्रश्नको जवाफ दिन गइरहेको छु।तपाईंहरूको निरूता सिंहले गत बिहीबार अगस्ट ३१, २०२३ को दिन मुम्बई निवासी श्री संजीभ गुलाटीसँग लगनगाँठो जोडेको छ। हजुरहरू सम्पूर्णको माया अनि आशीर्वादको अपेक्षा गरेको छु,’ उनले भनेकी छन्।

यसका साथै चाँडै नेपाल आउने समेत उनले वाचा गरेकी छन्।

दार्जलिङमा जन्मेकी सिंहले नेपाली सिने क्षेत्रमा सन् १९९३ मा फिल्म दक्षिणाबाट डेब्यू गरेकी थिइन्।

Ads

सम्बन्धित पोष्टहरू