Ads

एमालेको लुम्बिनी अधिवेशन: मतगणना शुरू


काठमाडाेँ । नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीको नयाँ नेतृत्वका लागि भएको निर्वाचनको मतगणना सुरू भएको छ।

मंगलबार प्रदेशभरीका एक हजार ५ जना मतदातामध्ये ९ सय ६५ जनाले मतदान गरेको निर्वाचन मण्डलले जनाएको छ।

आजै राति अबेरसम्म नतिजा सार्वजनिक हुने निर्वाचन मण्डलले बताएको छ।

प्रदेश कमिटी अध्यक्षसहितको पदमा प्यानल नै बनाएर दुवै पक्ष चुनावमा होमिएका छन्। अध्यक्ष पदका लागि पाल्पाका राधाकृष्ण कँडेल र प्यूठानका हरिप्रसाद रिजाल प्रतिस्पर्धामा छन्।

रिजाल केन्द्रीय सदस्य पद त्यागेर प्रदेश अध्यक्ष बन्नका लागि प्रतिस्पर्धामा होमिएका हुन्। एमालेको प्रादेशिक स्तरको यो पहिलो अधिवेशन हो।

Ads

सम्बन्धित पोष्टहरू