Ads

नेतृत्व चयनका लागि मतदान सुरु, प्यानल बनाएरै मैदानमा कृष्ण र कैलाश


काठमाडौं। नेकपा एमाले बागमती प्रदेश कमिटीको नेतृत्व चयनका लागि मतदान सुरु भएको छ।

अध्यक्षका लागि पाँच जनाले उम्मेदवारी दिएकोमा दुई जना कायम भएका छन्।

अध्यक्षको लागि कृष्णप्रसाद दाहाल र कैलाश ढुंगेलबीच प्रतिस्पर्धा भएको छ। केशव पाण्डे, सानु श्रेष्ठ र केशर बुढाथोकीले उम्मेदवारी फिर्ता लिएका हुन्।

दाहालको प्यानलबाट उपाध्यक्षमा नारायणप्रसाद खतिवडा, सचिव नवराज सिलवाल रहेका छन्। यसैगरी ढुंगेलको प्यानलमा उपाध्यक्ष दावा दोर्जे लामा र सचिव हस्त पण्डित रहेका छन्।

उपाध्यक्षमा भने ईश्वरचन्द्र पोखरेल र राजेन्द्र राजथलाले समेत उम्मेदवारी दिएका छन्। जिल्लातर्फ सिन्धुपाल्चोक, काभ्रे, चितवन र रसुवाले सर्वसम्मत गराएका छन्।

Ads

सम्बन्धित पोष्टहरू