Ads

एमाले कर्णाली अधिवेशनको मतगणना सुरु


काठमाडौँ । नेकपा एमाले कर्णाली प्रदेशको नयाँ नेतृत्वका लागि भएको मतदानको मतगणना सुरु भएको छ ।

नेकपा एमालेको प्रथम कर्णाली प्रदेश अधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतगणना सुरु भएको छ।

सोमबार बिहान ८ बजेदेखि सुरु हुने भनिएको गणना तीन घण्टा ढिलो गरी सुरु भएको हो।

एमाले कर्णाली प्रदेशको पहिलो अधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन गर्न असफल भएपछि आइतबार मतदान भएको थियो । कुल ६१६ मतदाता मध्ये ६०९ मतदाताले मतदान गरेको अधिवेशनमा अध्यक्ष पदमा तीन जनाले प्रतिस्पर्धा गरेका छन् ।

कालीकोटका मीनबहादुर शाही, प्रकाश रोकाया र सल्यानका गुलावजंग शाह अध्यक्षको उम्मेदवार छन् । उपाध्यक्षमा लालबहादुर महतारा, दानसिंह परियार र टेकराज पछाइ तथा सचिवमा रुद्रबहादुर शाही र ध्रुबकुमार शाहीबीच प्रतिस्पर्धा भएको छ ।

Ads

सम्बन्धित पोष्टहरू