Ads

एमाले रौतहटमा सचितानन्द


रौतहट\ नेकपा एमाले रौतहटको दशौं अधिवेशनले सचितानन्द साहलाई अध्यक्षमा निर्वाचित गरेको छ । साहले अखिलेश्वर चौधरीलाई पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन्। यसैगरी उपाध्यक्ष्मा सातजना उम्मेद्वारबीच भएको प्रतिष्पर्धामा रुपेस पटेल निर्वाचित भए।

पटेलसँग सुरेश यादव,चन्दन कुशवहा,उपेन्द्र यादव लगायतले प्रतिष्पर्धा गरेका थिए । यसैगरी सचिवमा बाबुराम दाहाल निर्वाचित हुनुभएको छ । दाहालसँग शिवप्रसाद आचार्य पराजित भए । उपसचिवमा ६ जना प्रतिष्पर्धी मध्ये अवधेस यादव र मुना लामिछाने निर्वाचित भएका छन्। अधिवेशनले ११७ सदस्यीय जिल्ला कमिटी निर्वाचित गरेको छ ।
अधिवेशनको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेका थिए ।

Ads

सम्बन्धित पोष्टहरू