Ads

प्रतिवेदनमा सहमति खोज्न देउवाले बोलाए शीर्ष नेताको बैठक


काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी र पूर्व पदाधिकारीको बैठक बोलाएका छन् ।

महामन्त्री गगन थापाले महासमिति बैठकमा पेश गर्ने सांगठनिक प्रतिवेदनमा सहमति जुट्न नसकेपछि देउवाले शीर्ष तहका नेतालाई छलफलका लागि डाकेका हुन् ।

महामन्त्रीहरू गगन थापा र विश्वप्रकाश शर्माले तयार पारेका राजनीतिक प्रस्तावमा देउवाको असहमति छ।

थापाले प्रस्तावमा उल्लेख गरेको चुनावी गठबन्धनसम्बन्धी विषय र शर्माको प्रस्तावमा रहेको राष्ट्रिय सभा निर्वाचनमा कोशी प्रदेशको सन्दर्भ हटाउनुपर्ने अडानमा देउवा छन्।

तर दुवै महामन्त्रीले यी विषयलाई प्रस्तावबाट हटाउन अस्वीकार गरेपछि कांग्रेसभित्र राजनीतिक प्रस्तावहरू सहमतिमै तयार पार्ने विषय थप पेचिलो बन्दै गएको छ। कांग्रेसले तयार पारेको कार्यतालिकाअनुसार मंगलबार बिहान ९ बजे बस्ने महासमिति बैठकमा सबै प्रस्तावहरू पेश गर्नुपर्नेछ।

तर अहिलेसम्म पनि सहमति नजुटेपछि सहमतिको उपाय खोज्न देउवाले पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बोलाएका हुन्। यसअघि महामन्त्रीहरू थापा र शर्मासँग भएका एक्लाएक्लै छलफलमा सहमति जुट्न सकेको थिएन

Ads

सम्बन्धित पोष्टहरू