काठमाडौँ । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको शीर्ष तीन दलका नेताबीचको बैठकमा शान्ति प्रक्रिया टुङ्गोमा पुर्याउने र नियमित संसद् सञ्चालनका विषयमा सकारात्मक छलफल भएको छ ।
प्रधानमन्त्री तथा नेपाल कम्युुनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच समसामयिक विषयमा छलफल भएको थियो ।
प्रधानमन्त्री दाहालका प्रेस सल्लाहकार गोविन्द आचार्यले बैठकमा संसदलाई बिजनेस दिने, राष्ट्रिय मुद्दामा एकजुट भइ अघि बढ्ने विषयमा समेत उनीहरुबीच छलफल भएको जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्