Ads

वरिष्ठ क्याप्टेन ज्वारचनलाई एनएसीको अप्रेशन डाइरेक्टरको जिम्मेवारी


काठमाडौं । नेपाल वायुसेवा निगम (एनएसी)को अपरेसन डाइरेक्टरको जिम्मेवारी वरिष्ठ क्याप्टेन दिपु ज्वारचनलाई दिइएको छ ।

निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले ज्वारचनलाई अपरेसन डाइरेक्टरको जिम्मेवारी वरिष्ठ क्याप्टेन ज्वारचनलाई दिएका हुन् ।

यसअघिका अपरेसन डाइरेक्टर श्रवण रिजाललाई वाइडबडी जहाज खरिद प्रकरणमा भ्रष्टाचारको मुद्धा लागेपछि निलम्बन गरिएको थियो ।

रिजाल निलम्बनमा परेपछि ज्वारचनले दोस्रोपटक अपरेसन डाइरेक्टरको जिम्मेवारी पाएका हुन् । ज्वारचनले नौ वर्षदेखि न्यारोबडी जहाज उडाउदैँ आएका छन् ।

Ads

सम्बन्धित पोष्टहरू