Ads

त्रिभुवन विश्वविद्यालय : प्राडा. रिजाल रजिष्ट्रार र प्राडा. केसी रेक्टर नियुक्त


काठमाडौँ । सरकारले त्रिभुवन विश्वविद्यालयको शिक्षाध्यक्ष (रेक्टर) मा प्राडा. खड्क केसीलाई र रजिष्ट्रारमा प्राडा. केदार रिजाललाई नियुक्त गरेको छ।
त्रिविको कुलपतिसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उनीहरूलाई शुक्रवार नियुक्त गरेका हुन्।
शिक्षामन्त्री तथा विश्वविद्यालयका सहकुलपति शिक्षामन्त्री सुमना श्रेष्ठ र उपकुलपति प्राडा. केशरजंग बरालले उनीहरूलाई दुई साताअघि नै नियुक्तिका लागि सिफारिश गरेका थिए।

Ads

सम्बन्धित पोष्टहरू