Ads

सुदूरपश्चिमको मुख्यमन्त्रीका लागि दुवै दाबी अस्वीकृत,प्रदेश प्रमुखले थपे दुई दिन


काठमाडाैं । सुदूरपश्चिमकाे मुख्यमन्त्रीका लागि पेस भएका दुवै दाबी अस्वीकृत भएका छन् ।

प्रदेश प्रमुख नाजिर मियाँले मुख्यमन्त्रीका लागि परेका दुवै दाबी अस्वीकृत गर्दै बहुमतकाे दाबी पेस गर्न थप दुई दिनकाे समय दिएका छन् ।

सुदूरपश्चिमको मुख्यमन्त्रीका लागि आइतबार नागरिक उन्मुक्ति पार्टीको रेशम चौधरी पक्षका लक्ष्मणकिशोर चौधरी र नाउपाकै रञ्जिता श्रेष्ठ पक्षका कैलाश चाैधरीले दाबी पेस गरेका थिए ।

तर, प्रदेश प्रमुख मियाँले दुवै जनाको दाबी नपुगेको भन्दै अस्वीकृत गरेका हुन् । विकसित राजनीतिक घटनाक्रम अनुसार अब सुदूरपश्चिमकाे मुख्यमन्त्री नेकपा एकीकृत समाजवादीका दीर्घ साेडारी बन्ने छन् ।

उनलाई मुख्यमन्त्री बनाएर सत्ता गठबन्धनकाे संकट टार्ने सहमति भइसकेकाे छ । साेही सहमतिलाई नजरमा राखेर प्रदेश प्रमुख मियाँले पहिले परेका दुवै दाबी अस्वीकृत गरेका हुन् ।

Ads

सम्बन्धित पोष्टहरू