Ads

इलाम २ को मतगणनाको प्रारम्भिक नतिजा, कांग्रेस सुरुवाती अग्रता


काठमाडौं । इलाम २ को मतगणनाको प्रारम्भिक मतपरिणाम अनुसार नेपाल कांग्रेसका डम्बर खड्काले ६५७ मतसहित सुरुवाती अग्रता लिएका छन् ।

नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले ५३४ मतसहित खड्कालाई पछ्याइरहेका छन् भने स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले १८७ मत र रास्वपाका मिलन लिम्बुले ११५ मत प्राप्त गरेका छन् ।

योसंगै फाकफोकथुम गाउँपालिकाको वडा नं १ को मतगणना सकिएको छ ।

Ads

सम्बन्धित पोष्टहरू