Ads

चैते धान लगाउने क्रम घट्दै


बर्दिया । बर्दियामा यसवर्ष चैतेधान रोपाइँको क्षेत्रफल घटेको छ । गत वर्ष एक हजार ४५० हेक्टरमा चैते धान खेती भएकोमा यो वर्ष १२०१ हेक्टरमा मात्र रोपाइँ भएको छ ।

सिँचाइ आयोजना मर्मतका कारणले बर्दियामा गत वर्षको तुलनामा चैते धान रोपाइँको क्षेत्रफल घटेको प्रदेश कृषि निर्देशनालय बुटवलले जनाएको छ । निर्देशनालयका कृषि अर्थ विज्ञ एवं सूचना अधिकारी डिल्लीराज पौडेलले गतवर्ष भन्दा यो वर्ष चैते धान खेतीको क्षेत्रफल २४९ हेक्टर घटेको बताए । लुम्वीनी प्रदेशमा सबैभन्दा धेरै चैते धानको खेती बर्दियामा हुन्छ भने त्योमध्ये राजापुरमा धेरै चैते धान खेती हुने गर्दछ ।

Ads

सम्बन्धित पोष्टहरू