Ads

उपप्रधान तथा स्वास्थ्यमन्त्री यादव स्वदेश फर्किए


काठमाडौं \ उपप्रधान तथा स्वास्थ्यमन्त्री एवम् जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव स्वदेश फर्किएका छन् । आफू विदेशमै भएको बेला अशोक राईको नेतृत्वमा बहुमत सदस्यले पार्टी फुटाएपछि यादव भ्रमण छोट्याएर गएराति फर्किएका हुन् ।

कतार एयरवेजको जहाजबाट राति १ बजेतिर त्रिभुवन विमानस्थल उत्रिएका यादवलाई स्वागतका लागि पार्टीका नेता –कार्यकर्ता र मन्त्रालयका अधिकारी पुगेका थिए । उनी न्यूयोर्कस्थित यूएन सेक्रेटरियटमा आयोजित विश्व जनसंख्यासम्बन्धी सम्मेलनमा भाग लिन गत शनिबार त्यता गएका थिए ।

यादवले संसदीय दलको बैठक बोलाएका छन् । पार्टी प्रचार विभाग प्रमुख पूर्ण बस्नेतका अनुसार प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदहरूलाई बैठकमा बोलाइएको छ । केहीबेरपछि बस्ने बैठकमा पार्टी विभाजनपछिको अवस्था र सरकारमाथिको समर्थनलगायतका विषय साथै भावी रणनीतिबारे निर्णय लिइने उनले बताए ।

Ads

सम्बन्धित पोष्टहरू