Ads

कांग्रेस संसदीय दलको बैठक आज


काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्ने भएको छ । शुक्रबारदेखि शुरु हुने बजेट अधिवेशनमा पार्टीले खेल्ने भूमिकाबारे छलफल गर्न कांग्रेसले संसदीय दलको बैठक बोलाएको हो । बैठक संसद् भवनको ल्होत्से हलमा दिउँसो २ बजे बस्नेछ ।

यस्तै सहकारीको रकम हिनामिना प्रकरणमा मुछिएका गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठनको माग उठाउँदै अघिल्लो अधिवेशनमा कांग्रेसले संसद्‍मा विरोध जनाएको थियो । सो विषयमा पनि बैठकमा  छलफल हुने जनाइएको छ ।

Ads

सम्बन्धित पोष्टहरू