Ads

किन ऋण–ऋण भनेर सारङ्गी बजेको छ ? मैले बुझ्न सकेको छैन : प्रधानमन्त्री ओली


काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले बीआरआई फ्रेमवर्कमा गरिएको सम्झौता ऋण नभएको बताएका छन् ।

आफू चीन जानु अगाडि नै ऋण नलिने कुरा स्पष्ट गरेको उनले बताए । चार दिन लामो चीन भ्रमण सकेर स्वदेश फर्किने क्रममा बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँगको कुराकानीमा ओलीले नेपालले प्राप्त गरेको उपलब्धि ऋण नभएको बताएका हुन् ।

‘मैले आमसभादेखि भनेको थिएँ, हामी ऋण लिन जाँदै थिएनौं। हामीले बीआरआई अन्तर्गत पछि छुट्टै छलफल गर्छौं । अहिले हामीले जे प्राप्त गरेका छौं, त्यो ऋण होइन’, ओलीले भने, ‘ऋण सम्बन्धी कुरा पनि चलेको छैन । तर, ऋणको सारंगी किन बजिरहेको छ ?’

प्रधानमन्त्री ओलीले बीआरआई अन्तर्गतका सबै आयोजनाको छुट्टाछुट्टै सम्झौता हुने बताए । नेपाल र चीनबीच बुधबार बीआरआई सम्झौता कार्यान्वयन सम्बन्धी फ्रेमवर्कमा सम्झौता भएको थियो ।

ओलीले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग राम्रो कुराकानी भएको समेत बताए । चार दिने भ्रमण सकेर ओली बिहीबार दिउँसो स्वदेश फर्किएका हुन् ।

Ads

सम्बन्धित पोष्टहरू