काठमाडौं । लोकसेवा आयोगले कर्मचारीको सरुवा अवधिबारे स्पष्ट व्यवस्था गर्न सुझाव दिएको छ।
शुक्रबार बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा निजामती सेवाबारेको छलफलमा लोकसेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीले सरुवाको सम्बन्धमा स्पष्ट व्यवस्था हुनुपर्ने सुझाव दिएका हुन्।
जसअनुसार सचिवको एक वर्ष, सहसचिवको २ वर्ष, उपसचिवको ३ वर्ष र शाखा अधिकृतको ४ वर्ष तथा अन्य कर्मचारीको ५ वर्ष एउटै मन्त्रालय वा मातहतको निकायमा रहने सुनिश्चितता हुनुपर्ने सुझाव दिएका हुन् ।
प्रतिक्रिया दिनुहोस्