Ads

मन्त्रीहरूसँग छलफलमा प्रधानमन्त्री बालेन शाह, सरकारका प्राथमिकता तय हुँदै


प्रधानमन्त्री बालेन्द्र शाह यतिबेला मन्त्रीहरूसँगको महत्वपूर्ण छलफलमा जुटेका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतका अनुसार, सरकारको कार्यदिशा र आगामी प्राथमिकता तय गर्ने उद्देश्यले छलफल भइरहेको हो।

शुक्रबार मात्रै प्रधानमन्त्रीमा नियुक्त भएका शाहले सोही दिन पहिलो मन्त्रिपरिषद् बैठक बसेर ४ वटा महत्वपूर्ण निर्णयसमेत गरिसकेका थिए। सरकार गठनसँगै उनले तीव्र गतिमा काम अघि बढाउने संकेत दिएका छन्।

हाल जारी छलफलमा शासकीय सुधार, सुशासन, तथा तात्कालिक रूपमा कार्यान्वयन गर्न सकिने योजनाबारे मन्त्रीहरूसँग विस्तृत परामर्श भइरहेको बताइएको छ। यसले सरकारको प्रारम्भिक नीति तथा कार्यक्रम स्पष्ट पार्ने अपेक्षा गरिएको छ।

Ads

सम्बन्धित पोष्टहरू