Ads

नवनियुक्त सभामुख डोलप्रसाद अर्याल को सपथ आइतबार


नवनियुक्त सभामुख डोलप्रसाद अर्याल ले आइतबार सपथग्रहण गर्ने भएका छन्।

राष्ट्रपति कार्यालयका अनुसार अर्यालको सपथग्रहण कार्यक्रम दिउँसो ३ बजेका लागि तय गरिएको छ।

शितल निवासमा आयोजना हुने उक्त कार्यक्रममा उच्च पदस्थ सरकारी अधिकारी, विभिन्न राजनीतिक दलका प्रतिनिधि तथा विशिष्ट व्यक्तिहरूको उपस्थिति रहने जनाइएको छ।

प्रतिनिधिसभाको सभामुख निर्वाचन कार्यक्रमअन्तर्गत तोकिएको समयभित्र अर्यालको मात्र उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएका थिए। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति समेत रहेका अर्यालको प्रस्तावकमा पार्टी सभापति रवि लामिछाने रहेका थिए।

त्यस्तै, समर्थकमा सोही दलका सांसदहरू सोविता गौतम, डा. स्वर्णिम वाग्ले र सुनील लम्साल रहेका थिए।

Ads

सम्बन्धित पोष्टहरू