Ads

अबदेखि सरकारी कार्यालय र शैक्षिक संस्थामा हप्तामा दुई दिन बिदा


सरकारले पेट्रोलियम आपूर्तीमा उत्पन्न असहजतालाई मध्यनजर गर्दै भोलिदेखि शनिबार र आइतबार सरकारी कार्यालय तथा शैक्षिक संस्थामा बिदा दिने निर्णय गरेको छ।

सरकारका प्रवक्ता सस्मित पोखरेल का अनुसार, पेट्रोलियमको आपूर्तिमा समस्या उत्पन्न भएकोले कर्मचारी र विद्यार्थीहरूलाई असुविधा नपरोस् भनी यो निर्णय गरिएको हो।

यस निर्णयअनुसार हप्ताको दुई दिन सरकारी कार्यालय र विद्यालय–महाविद्यालय बन्द हुनेछन्, जसले नागरिकलाई पेट्रोलियमको सिमित आपूर्ति व्यवस्थापन गर्न सहज बनाउने सरकारको योजना रहेको छ।

Ads

सम्बन्धित पोष्टहरू