नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवा नेतृत्वको समूहले १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिसँग छलफल थालेको छ।
आइतबार धुम्बाराहीस्थित स्मार्ट होटलमा दिउँसो करिब १ बजेदेखि देउवा समूहका नेताहरू बैठकमा जुटेका हुन्।
बैठकको संयोजन पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले गरिरहेका छन्। देउवा समूहले कांग्रेसको आधिकारिक नेतृत्व गगन थापा नेतृत्वको नयाँ केन्द्रीय समितिले पाइसकेपछि छुट्टै छलफलमा जुटेको हो।
शनिबार पनि देउवा समूहले खड्का निवासमा छलफल गरी अदालतको निर्णय मान्ने निष्कर्ष निकालेको थियो। हाल असन्तुष्ट पक्षले अब कसरी अगाडि बढ्ने भन्ने विषयमा विचारविमर्श गरिरहेको छ।
खड्काले १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिसँग संवाद सुरु गरेका छन्, जसले पार्टी भित्रको असन्तुष्टि र आगामी रणनीति तय गर्ने प्रक्रियामा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिएको छ।
प्रतिक्रिया दिनुहोस्