काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले पहिलोपटक संघीय संसदमा सम्बोधन गरेका छन्। १३ चैतमा प्रधानमन्त्री नियुक्त भएका शाहले आइतबार पहिलोपटक संसदमा उपस्थित भएर सदनलाई सम्बोधन गरेका हुन्।
प्रधानमन्त्रीले संसदमा सम्बोधन नगरेको तथा नियमित उपस्थितिसमेत नजनाएको भन्दै विपक्षी दलहरूले निरन्तर आलोचना र विरोध गर्दै आएका थिए। सोही पृष्ठभूमिमा प्रधानमन्त्री शाहले आइतबार सदनमा आफ्नो धारणा प्रस्तुत गरेका हुन्।
संसद बैठकमा सम्बोधनपछि प्रधानमन्त्री शाह अहिले सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिइरहेका छन्। उनका जवाफ र संसदमा व्यक्त धारणा राजनीतिक वृत्तमा चासोका साथ हेरिएको छ।
प्रतिक्रिया दिनुहोस्