काठमाडौं । विपक्षी दलहरूको अवरोधपछि प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ।
प्रधानमन्त्री वालेन्द्र शाह ले संसद्मा दिएको अभिव्यक्ति अभिलेखबाट हटाउनुपर्ने तथा माफी माग्नुपर्ने माग राख्दै विपक्षी सांसदहरूले बैठक अवरोध गरेका थिए।
सदनमा नाराबाजी र विरोध जारी रहेपछि डीपी अर्याल ले बैठक सञ्चालन गर्न कठिन भएको जनाउँदै १५ मिनेटका लागि स्थगित गरेका हुन्।
प्रधानमन्त्रीको नेपाल–भारत सीमा सम्बन्धी अभिव्यक्तिलाई लिएर प्रमुख विपक्षीलगायत अन्य विपक्षी दलहरूले आपत्ति जनाउँदै आएका छन्। उनीहरूले उक्त अभिव्यक्ति राष्ट्रिय हितविपरीत रहेको दाबी गर्दै अभिलेखबाट हटाउन र प्रधानमन्त्रीबाट स्पष्टिकरण तथा क्षमायाचनाको माग गरेका छन्।
संसद्मा जारी विवादका कारण सदनको नियमित कार्यसूची प्रभावित भएको छ भने यस विषयमा सत्ता र प्रतिपक्षबीचको राजनीतिक तनाव थप बढेको देखिएको छ।
प्रतिक्रिया दिनुहोस्