Ads

वीरगञ्जका मेयर सिंहलाई धराैटीमा रिहा गर्न अदालतकाे आदेश


वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंह लाई पर्सा जिल्ला अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको छ।

मंगलबार जिल्ला न्यायाधीश गायत्रीप्रसाद रेग्मीको एकल इजलासले लिखत कीर्तेसम्बन्धी मुद्दामा ४ लाख रुपैयाँ तथा झुट्टा विवरण पेश गरेको अभियोगमा १५ हजार रुपैयाँ धरौटी माग गर्ने आदेश दिएको हो।

अदालतका सूचना अधिकारी जयनारायण यादवका अनुसार दुवै मुद्दामा गरी ४ लाख १५ हजार रुपैयाँ धरौटी बुझाएपछि सिंह रिहा हुनेछन्।

यसअघि मंगलबार बिहान प्रहरीले सिंहलाई पर्साको ठोरी क्षेत्रबाट पक्राउ गरेको थियो। पर्सा जिल्ला अदालतले उनीविरुद्ध जेठ १२ गते पक्राउ पुर्जी जारी गरेको थियो।

मेयर सिंहविरुद्ध वीरगञ्ज–३ निवासी लियाकत अलीले २०८० माघमा जिल्ला प्रहरी कार्यालय पर्सामा उजुरी दिएका थिए। उजुरीमा सरकारी कागजात तथा नागरिकता सम्बन्धी किर्ते गरेको आरोप लगाइएको छ।

अदालतको आदेशसँगै अब सिंहविरुद्धको मुद्दा धरौटीमा रिहा रहँदै नियमित कानुनी प्रक्रियाअनुसार अगाडि बढ्नेछ।

Ads

सम्बन्धित पोष्टहरू