Ads

भारत भ्रमणमा रहेका रास्वपा सभापति रवि लामिछाने अयोध्या पुगे


भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने भ्रमण टोलीसहित अयोध्या पुगेका छन्।

नयाँ दिल्ली मा राजनीतिक भेटघाट तथा कूटनीतिक संवाद सम्पन्न गरेपछि सभापति लामिछाने नेतृत्वको रास्वपा टोली अयोध्यातर्फ प्रस्थान गरेको हो।

स्रोतका अनुसार अयोध्या भ्रमणका क्रममा लामिछानेले राम मन्दिर मा दर्शन गर्नुका साथै मन्दिर व्यवस्थापनसँग आबद्ध अधिकारीहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ।

लामिछानेको भारत भ्रमणलाई राजनीतिक तथा कूटनीतिक दृष्टिले महत्त्वपूर्ण रूपमा हेरिएको छ। भ्रमणका क्रममा उनले भारतीय राजनीतिक नेतृत्व तथा विभिन्न सरोकारवालासँग भेटवार्ता गरेका छन्। अयोध्या भ्रमणलाई धार्मिक तथा सांस्कृतिक सम्बन्ध सुदृढ गर्ने प्रयासका रूपमा समेत हेरिएको छ।

Ads

सम्बन्धित पोष्टहरू