Ads

प्रतिनिधिसभा निर्वाचन विश्वकै लागि अध्ययनयोग्य : पूर्वप्रधानमन्त्री कार्की


पूर्वप्रधानमन्त्री सुशीला कार्की ले गत २१ फागुनमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन विश्वकै लागि अध्ययन गर्न लायक रहेको बताएकी छन्।

निर्वाचन आयोगले आयोजना गरेको केन्द्रीय समीक्षा कार्यशालाको उद्घाटन गर्दै उनले निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ताका प्रतिनिधिहरू विजयी भएर आएको उल्लेख गर्दै जनमतको सम्मान गर्नुपर्ने धारणा राखिन्।

‘निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ। जनताले दिएको मतको सम्मान गर्दै उहाँहरूलाई काम गर्न दिनुपर्छ,’ उनले भनिन्।

पूर्वप्रधानमन्त्री कार्कीले निर्वाचन सफलतापूर्वक सम्पन्न हुनुमा तत्कालीन सरकार, निर्वाचन आयोग, सुरक्षा निकाय तथा सञ्चारकर्मीहरूको भूमिका महत्त्वपूर्ण रहेको बताइन्।

कार्यक्रममा पूर्वकानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हा ले विषम परिस्थितिका बीच सरकार, निर्वाचन आयोग र सरोकारवालाहरूको समन्वयका कारण कुनै हिंसात्मक घटनाबिना निर्वाचन सम्पन्न भएको बताए।

त्यसैगरी पूर्वगृहमन्त्री ओमप्रकाश अर्याल ले जेन–जी आन्दोलनले व्यक्त गरेको परिवर्तन र विद्रोहको भावनाअनुसार सुशासन कायम गर्न तथा स्वस्थ राजनीतिक संस्कार विकास गर्न आवश्यक रहेको बताए। उनले मुलुकको स्थायित्व र लोकतान्त्रिक सुदृढीकरणका लागि राजनीतिक दलहरूले जनअपेक्षाअनुसार काम गर्नुपर्नेमा जोड दिए।

Ads

सम्बन्धित पोष्टहरू