Ads

गोल्फुटारमा पूर्णबहादुर समूहको शक्ति परीक्षण


नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्का ले आफूनिकट नेताहरूको बैठक बोलाएका छन्।

खड्का निवास गोल्फुटारमा भोलि दिउँसो २ बजे बस्ने बैठकमा निवर्तमान पदाधिकारीसहित शीर्ष नेताहरू सहभागी हुने जनाइएको छ।

बैठकमा पार्टीको आन्तरिक गतिविधि, संस्थापन पक्षसँगको सम्बन्ध तथा आगामी रणनीतिबारे छलफल हुने बताइएको छ। साथै काठमाडौंमा राष्ट्रिय भेला आयोजना गर्ने विषयमा पनि निर्णय हुन सक्ने स्रोतको भनाइ छ।

खड्काले हालै संस्थापन पक्षलाई सात बुँदे जवाफ बुझाएका थिए। उक्त विषयमा पनि बैठकमा विस्तृत छलफल हुने जनाइएको छ।

यसअघि कांग्रेसको इतर पक्षले सातै प्रदेशमा भेला आयोजना गरेको थियो। भोलिको बैठकअघि आज विमलेन्द्र निधि, प्रकाशमान सिंह र डा. शशाङ्क कोइराला बीच छुट्टै छलफल भएको थियो।

Ads

सम्बन्धित पोष्टहरू