Ads

स्थानीय तहको निर्वाचनमा अन्तरघात गरेको आरोपमा जसपाका ‘हाइ प्रोफाइल’ नेता पार्टीबाट निस्कासित


काठमाडौ- स्थानीय तहको निर्वाचनमा अन्तरघात गरेको आरोपमा जनता समाजवादी पार्टीले हाई प्रोफाइल नेतालाई कारबाही गरेको छ ।
सो पार्टीले मधेस प्रदेशका सांसद कौशलकुमार यादवलाई साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निस्कासन गरेको छ ।

वैशाख ३० मा भएको स्थानीय तहको निर्वाचनमा अन्तर्घात गरेको निष्कर्ष निकाल्दै जसपा जिल्ला समन्वय समिति महोत्तरीको बैठकले सांसद यादवलाई साधारण सदस्यसमेत नरहने गरी बर्खास्त गरेको हो ।

जसपा महोत्तरी जिल्ला समन्वय समितिका अध्यक्ष रामप्रकाश यादवले विज्ञप्तिमार्फत यादवमाथिको कारबाहीबारे जानकारी गराएका छन् ।
महोत्तरी क्षेत्र नम्बर ४ ९ बाट प्रदेशसभामा प्रत्यक्ष निर्वाचित सांसद यादव संविधानसभा सदस्य हुनुहुन्थ्यो ।

बैठकले प्रदेश साँसद कै नाम गरेका अर्का नेता संघीय शिक्षक फोरमका अध्यक्ष कौशल कुमार यादवलाई पनि कारवाही गरेको छ ।
उहाँहरुले के कस्तो अन्तरघात गरेको भन्ने विज्ञप्तीम खुलाईको छैन ।

 

Ads

सम्बन्धित पोष्टहरू