काठमाडौँ । बालुवाटारमा सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक बसिरहेको छ । शुक्रबार प्रतिनिधिसभामा उपसभामुखको निर्वाचन हुँदैछ ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार उपसभामुख निर्वाचनलगायत विविध समसामयिक राजनीतिक विषयमा छलफल गर्न गठबन्धनका शीर्ष नेताहरुबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छलफल चलिरहेको हो ।
बैठकले सत्य निरुपण तथा मेलमिलाप आयोगको म्याद थपका विषयमा समेत छलफल हुने स्रोतले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्