Ads

एआईजी विश्वराज पोखरेलले दिए पदबाट राजीनामा


काठमाडौं । आईजीपी नियुक्ति बदर गर्न माग गर्दै सर्वोच्च अदालत गएका एआईजी विश्वराज पोखरेलले मुद्दा हारेपछि पदबाट राजीनामा दिएका छन् ।

अर्को महिना स्वतः अवकाश हुन लागेका पोखरेलले राजीनामा दिएका हुन् ।

उनको राजीनामा प्रहरी प्रधान कार्यालय हुँदै गृहमन्त्रालय गएको छ । यसअघि उनले बिदाका लागि दिएको निवेदन आईजीपी धिरजप्रताप सिंहले अश्वीकृत गरेका थिए । आफूभन्दा डेढ वर्ष जुनियरलाई आईजीपी बनाएको भन्दै उनी अदालत गएका थिए ।

Ads

सम्बन्धित पोष्टहरू