Ads

प्रधानमन्त्री देउवा र अमेरिकी मन्त्री लुबीच भेटवार्ता


काठमाडौं ।  प्रधानमन्त्री शेरबहादुर देउवा र अमेरिकी सहायक विदेशी मन्त्री डोनाल्ड लुबीच भेटवार्ता भएको छ ।

भेटमा नेपाल-अमेरिका मैत्रीपूर्ण र सहयोगी सम्बन्धका बारेमा विचार आदानप्रदान भएको छ ।

भेटका क्रममा प्रधानमन्त्री देउवाले अमेरिकाको निरन्तर विकास सहयोगको लागि मन्त्री लुलाई धन्यवाद दिएका छन् ।

यसअघि अमेरिकी मन्त्री लु र परराष्ट्र मन्त्री नारायण खड्काबीच भेटवार्ता भएको थियो । भेटमा विकास सहयोग, आर्थिक सहयोग, खाद्य सुरक्षा र कोभिड–१९ विरुद्धको खोपलगायतका विभिन्न क्षेत्रमा छलफल भएको थियो ।

मन्त्री लुले नेपालमा बसाईका क्रममा उद्योगी, नागरिक समाज र सरकारका नेतृत्वकर्तासँग भेट्ने दूतावासले जनाएको छ ।

दूतावासले लुको नेपाल भ्रमण नियमित भएको जनाएको छ ।

स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)को कार्यान्वयनको विषयलाई लिएर राजनीतिक दलहरूबीच विवाद चर्किरहेका बेला उनको भ्रमणलाई अर्थपूर्ण रूपमा लिइएको छ ।

तीन दिने नेपाल भ्रमणका लागि अमेरिकी मन्त्री लु बिहीबार काठमाडौं आइपुगेका हुन्।

Ads

सम्बन्धित पोष्टहरू