Ads

यस्तो छ काँग्रेस महाधिवेशन निर्वाचन कार्यक्रम तालिका


निर्वाचन कार्यक्रम सुरु हुँदै, आज मनोनयन दर्ता र दाबी विरोध तथा जाँचबुझ

काठमाडौं ।

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत आजबाट निर्वाचन कार्यक्रम सुरु हुँदै छ । पार्टीले निर्वाचन कार्यक्रम यसअघिनै सार्वजनिक गरिसककेको छ । महाधिवेशन प्रतिनिधिहरुको नामावली प्रकाशन भइसकेको छ ।

निर्वाचन समितिका सदस्य सचिव जगन्नाथ श्रेष्ठका अनुसार आज बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म उमेदवारको मनोनयन दर्ता हुने भएको छ । आज साँझ ५ बजेदेखि ७ बजेसम्म मनोनय दर्ताउपर दाबी विरोध र जाँचबुझ गर्ने निर्वाचन तालिका छ ।

निर्वाचन समितिले आज बेलुका ७ बजेदेखि ९ बजेको समयलाई दाबी विरोध उपर निर्णय गर्ने समय छुट्टाएको छ । ९ बजेदेखि १२ बजेभित्र उमेदवारको पहिलो नामावली प्रकाशन हुनेछ । उमेदवारहरुले मनोनय फिर्ता लिनु परे २६ गते बिहान ११ बजेसम्मको समय निर्धारण समितिले गरेको छ । सोही दिन मध्यान्न १२ बजेर १५ मिनेमा उमेदवारको अन्तिम नामावली प्रकाशन गर्ने निर्वाचन समितिले तालिका सार्वजनिक गरेको छ । कांग्रेसको नयाँ नेतृत्त्व चयनका लागि २७ गते बिहान ८ बजेदेखि मतदान सुरु हुनेछ ।

Ads

सम्बन्धित पोष्टहरू