काठमाडौं । काठमाडौं उपत्यकाको फोहोर फाल्न स्थानीयले अवरोध गरेपछि बञ्चरेडाँडामा प्रहरीले हवाई फायर गरेको छ। काठमाडौंबाट लगिएको फोहोरका गाडीलाई आज दिउसो स्थानीयले रोकेपछि हवाई फायर भएको हो ।
सत्तारुढ दलका नेताकै नेतृत्वमा फोहोरका गाडीलाई अवरोध पुर्याएपछि प्रहरीको सुरक्षा घेराबीच बञ्चरेडाँडामा फोहोर फाल्ने गरिएको छ। स्थानीयलाई सम्झाउँदा पनि नमानेपछि र प्रहरीमाथि ढुंगामुढा गरेपछि पाँच राउन्ड हवाई फायर गर्नुपरेको प्रहरीले जनाएको छ ।
‘स्थानीयले प्रहरीमाथि नै अत्याधिक ढुंगामुढा गरेपछि पाँच राउन्ड हवाई फायर गरिएको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्