Ads

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन : ८४ वटा दल दर्ता


काठमाडौँ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनकालागि  ८४  वटा दल दर्ता भएका छन् ।
निर्वाचनमा भाग लिन दल दर्ता गर्नुपर्ने व्यवस्थाबमोजिम निर्वाचन आयोगमा ८४  वटा राजनीतिक दल दर्ता भएका हुन् ।

आयोगले मंगलबारसम्म समय दिएर आगामी निर्वाचनका लागि दल दर्ता गर्न सूचित गरेको थियो । त्यसअनुसार दल दर्ता भएका आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

सरकारले आगामी मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन एकैचरणमा गर्ने घोषणा गरेको छ भने त्यहीअनुसार आयोगले तयारी गरिरहेको छ ।

Ads

सम्बन्धित पोष्टहरू