झापा । नेकपाका एमाले अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा सबैखाले गठबन्धनविरुद्ध एमाले एक्लै लड्ने बताउनु भएको छ ।
गृहनगर दमकमा आज मजदूर संगठनको सम्मेलनमा सम्बोधन गर्दै अध्यक्ष ओलीले जतिसुकै गठबन्धन बने पनि जनताले एमालेबाहेक अरुलाई विश्वास नगर्ने बताउनु भयो । नेताहरुको गठबन्धनलाई आगामी निर्वाचनमा जनताले ठेगान लगाउने उहाँले बताउनु भयो ।
अध्यक्ष ओलीले देखिएका गठबन्धनमा जनता सहभागी नभएकाले उनीहरु पराजित हुने ओलीको भनाई छ । सरकारले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन आउँदो ४ मंसिरमा गर्ने निर्णय गरेपछि गृहजिल्ला झापा आउनु भएका अध्यक्ष ओलीले चुनावपछि एमालेको सरकार बन्ने पनि बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्