Ads

पूर्वमन्त्री चौधरीसहित नेताहरू एमालेमा, गठबन्धनका नेताहरु भारतसंग डराए : ओली


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनका नेताहरुले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको भूभाग हो भन्न समेत डराएको बताउनु भएकाे छ । भारत रिसाउँछ भनेर गठबन्धन दलका नेताहरु आफ्नो भूमि नेपालको हो भन्न डराइरहेको ओलीको भनाइ छ ।

पूर्वमन्त्री दानबहादुर चौधरी, माओवादी केन्द्रीय सदस्य तथा चौताराका पूर्वमेयर अमानसिंह तामाङसहितलाई एमाले प्रवेश गराउँदै अध्यक्ष ओलीले गुमेको भूभाग समेटेर नक्सा छाप्दा भारत आफूसँग रिसाएको बताउनुभयाे ।

उहाँले भन्नुभयाे,  सुगौली सन्धीले कायम गरेको हाम्रो भूभाग ६० वर्षअघि भारतलाई प्रयोग गर्न दिइएछ । यसबीचमा कसैले बोलेनन्, मैले त्यो भूभाग समेटेर हाम्रो नक्सा बनाएपछि भारत रिसायो भनेर अहिलेका गठबन्धनवालाहरु म्याउँ म्याउँ गरिरहेका छन् ।

प्रधानमन्त्री देउवाले भारत भ्रमणका क्रममा नक्सामा समेटिएको जग्गा नेपालको हो भनेर बोल्न नसकेको भन्दै ओलीले प्रचण्डको भारत भ्रमणमा समेत एक शब्द बोल्न नसकेको चर्चा गर्नुभयाे ।

Ads

सम्बन्धित पोष्टहरू