Ads

निर्वाचन केन्द्रीत छलफलमा एमाले, उच्च नेतृत्वदेखि तल्लोतहसम्मका बैठकहरू सुरू


काठमाडौं -नेकपा एमालेले चुनाव केन्द्रीत हाइकमाण्ड बैठकहरु आजबाट सुरु गर्दैछ । पार्टी केन्द्रीय कार्यलयका अनुसार आज स्थायी कमिटी बैठक बस्नेछ ।

भदौ ९ गते पोलिटव्यूरो बैठक बस्नेछ । त्यस्तै भदौ १० र ११ गते केन्द्रीय कमिटीको बैठक बस्ने तय भएको केन्द्रीय सदस्य एवं प्रचार तथा प्रकाशन विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिनुभयो । यसैगरी भदौ १२ गते केन्द्रीय निर्वाचन परिचालन कमिटीको बैठक बस्ने रिजालले जानकारी दिनुभयो ।

स्थायी कमिटीको बैठक विहान ११ बजे सुरु हुनेछ । आजको बैठकले उम्मेद्वारका छनौटका मापदण्डमा सामान्य छलफल गर्ने,पोलिटव्यूरो र केन्द्रीय कमिटी बैठकका एजेण्डा तय गर्ने एक स्थायी कमिटी सदस्यले जानकारी दिए । पोलिटव्यूरो र केन्द्रीय कमिटीमा भने स्थानीय तह निर्वाचनको समिक्षा र आगामी निर्वाचनका लागि केन्द्रीय सदस्यहरुलाई विशेष जिम्मेवारी दिइने पनि एमाले स्रोतले जनाएको छ ।

१२ गते हुने केन्द्रीय निर्वाचन परिचालन कमिटीको बैठकमा केन्द्रीय कमिटीले गरेको निर्णयहरुको कार्यन्वयन,निर्वाचनमा स्थानीय कमिटीहरुलाई परिचालनको रणनीति र जनवर्गीय संगठनको भूमिकाका बिषयमा छलफल हुने जनाइएको छ ।

केन्द्रीय निर्वाचन परिचालन कमिटीमा सबै केन्द्रीय सदस्य,प्रदेशका अध्यक्ष ,आयोगका पदाधिकारी,विभागका सचिव, जनसंगठनहरुका अध्यक्ष र महासचिव सदस्यको रुपमा रहेका छन् । पार्टीका सबै बैठकहरु केन्द्रीय कार्यलय च्यासलमा हुने कायलय सचिव डा.भिष्म अधिकारीले जानकारी दिनुभयो ।

Ads

सम्बन्धित पोष्टहरू