काठमाडौँ । काठमाडौं महानगरपालिकाले अनधिकृत रुपमा बनाइएका संरचना भत्काइरहेकाे छ।
बुधबार दिउँसो मेयर बालेन्द्र शाहको उपस्थितिमा महानगरको टोलीले न्युरोडस्थित आर बी कम्प्लेक्सले बनाएका अनधिकृत संरचना भत्काएको छ ।
मेयर शाहसँगै नेपाल प्रहरी र महानगरीय प्रहरीको टोली खटिएका थिए ।
यसअघि महानगरको टोलीले सुन्धारास्थित काठमाडौं मलको अनधिकृत संरचना पनि भत्काइदिएको थियाे ।
बुधबार महानगरले नक्सा पासभन्दा बाहिर गएर मलले बनाएका संरचना भत्काएको हो ।
त्यसअघि सोमबार पनि महानगरले बानेश्वर क्षेत्रमा अन्य रूपमा प्रयोजन भइरहेका पार्किङ संरचना भत्काएको थियो ।
प्रतिक्रिया दिनुहोस्