काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्विचारका लागि फिर्ता पठाएको नागरिकता विधेयकमाथि आज विधायन व्यवस्थापन समितिमा छलफल हुँदैछ ।
मध्यान्ह १२ बजेका लागि समितिको बैठक बोलाइएको समिति सचिव मनोजकुमार गिरीले नेपाल प्रेसलाई बताए । बैठकमा गृहमन्त्री बालकृष्ण खाण, गृहसचिव टेकनारायण पाण्डे, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव उदयराज सापकोटालाई आमन्त्रण गरिएको छ ।
प्रतिनिधिसभाबाट हुबहु पारित गरेको विधेयकलाई आइतबार बसेको राष्ट्रियसभा बैठकले प्रक्रियागत रूपमा अघि बढाउने सर्वसम्मत निर्णय गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्