Ads

प्रत्यक्षभन्दा समानुपातिकमा भाग लिने दल कम


काठमाडौं- ४ मंसिरको प्रतिनिधिसभा निर्वाचनको समानुपातिक प्रणालीतर्फ भाग लिन ६८ दलले निवेदन दिएका छन् ।

आयोगमा दर्ता भएका ७६ दलमध्ये प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फ भाग लिन ६८ दलले निवेदन दिएका सूचना अधिकारी सूर्यप्रसाद अर्यालले जानकारी दिए ।

प्रदेश सभा सदस्यको समानुपातिक निर्वाचन प्रणालीतर्फ प्रदेश नं। १ मा ५५, मधेशमा ५९, बागमतीमा ५८, गण्डकीमा ५२ दलले निवेदन दिएका छन् । लुम्बिनीमा ५४, कर्णालीमा ४९ र सुदूरपश्चिममा ५० वटा निवेदन परेको अर्यालले जानकारी दिए ।

Ads

सम्बन्धित पोष्टहरू