Ads

चोलेन्द्रशमशेरसँग सकिएन बयान,दुई घण्टामा दुई वटा मात्र प्रश्न,आइतबार फेरि


काठमाडौं । निलम्बित प्रधान्यायाधीश चोलेन्द्रशमशेर राणासँग आजको बयान सकिएको छ । तर पूरै बयान सकिएकाे छैन् ।

संसदको महाअभियोग सिफारिस समितिले राणालाई १९ गते दिउँसो १ बजे पुन: बयानका लागि बोलाएको छ । समिति सदस्य मीन विश्वकर्माका अनुसार आज राणालाई दुईवटा प्रश्न सोधिएको छ । समितिले तयार पारेको ४३ वटा प्रश्नमध्ये पहिलो दिन हिजो ४ वटा प्रश्न सोधिएको थियो ।

विश्वकर्माले भने ‘आज छिट्टो अगाडि बढ्छ जस्तो लागेको थियो । ५ र ६ नम्बर प्रश्न अलि लामो र व्याख्यात्मक थियो । प्रधान्यायाधीशको जवाफ पनि लामो नै रह्यो त्यसमा केही प्रतिपश्न पनि भए समय पुगेन ।’

Ads

सम्बन्धित पोष्टहरू