Ads

विश्वविद्यालय तालामुक्त बनाउने अभियानमा लाग्न अनुराेध


काठमाडौं। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शैक्षिक क्षेत्रको विकासका लागि विश्वविद्यालय तालामुक्त बनाउने अभियानमा लाग्नुपर्ने बताउनुभएको छ ।

शुक्रबार ६९औँ वाणिज्य दिवस र नवनिर्मित शैक्षिक भवन उद्घाटनको अवसरमा शंकरदेव क्याम्पसले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै शिक्षामन्त्री पौडेलले सो कुरा बताउनुभएको हो ।

मन्त्री पौडेलले विश्व विद्यालयका समस्या समाधान गरेर तालामुक्त विश्वविद्यालय बनाई शैक्षिक पठनपाठनको व्यवस्था गर्नुपर्ने बताउनुभयो । शिक्षाको सुधारका लागि विश्वविद्यालय र शैक्षिक संस्थाहरु राम्रो हुनुपर्ने धारणा उहाँको छ ।

मन्त्री पौडेलले भन्नुभयो, ‘‘विश्व विद्यालयमा ताला नलगाऔँ, मुक्त बनाऔँ र पठनपाठनको व्यवस्था सिर्जना गरौँ । समस्या छन् तर त्यसलाई समाधान गरौँ । विश्वविद्यालय तालामुक्त बनाउने अभियानमा लाग्नुपर्छ ।’’

मन्त्री पौडेलले नेपालमै उच्च शिक्षाको अध्ययनका लागि के गर्नुपर्छ भन्ने बारेमा विज्ञहरूसँग मन्त्रालय छलफल गरिरहेको पनि बताउनुभयो । नेपालमा उच्च शिक्षा लिन नचाहेर विदेश जाने विद्यार्थीहरूको लहर चलेको भन्दै नेपालमै उच्च शिक्षा प्रदानमा त्रुटि भइरहेको उहाँको भनाइ छ ।

शिक्षामन्त्री पौडेलले भन्नुभयो, ‘‘हामीले नेपालमा उच्च शिक्षालाई योभन्दा माथि पुर्‍याउन के गर्नुपर्छ भन्ने विषयमा केन्द्रित रहेन छलफल गरेका छौँ । विदेशमा विद्यार्थी जाने लहर चलेको छ । सरकार शिक्षा मन्त्रालय गम्भीर छ । रोजगार र पठनपाठनका लागि हामीले अहिले रोक्न नसकौँला आजको परिस्थितिमा । हामीसँग भएको शिक्षा हामीले नै विश्वास गर्न नसक्नु हाम्रो कतै न कतै त्रुटि हो ।’’

 

Ads

सम्बन्धित पोष्टहरू