काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पुर्वप्रधानमन्त्री केपी शर्मा ओली प्रतिनिधि सभा सदस्यमा सर्वसम्मत सिफारिस भएका छन् ।
ओलीलाई झापा क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्यको लागि एकल उम्मेदवारका रुपमा सिफारिस गरेको एमाले क्षेत्रीय कमिटी संयोजक तुलसी कार्कीले जानकारी दिए ।
ओली सोही निर्वाचन क्षेत्रबाट ४८ साल यता भएका निर्वाचनमा लगातार सातौं पटक प्रतिनिधि सभा सदस्यको उम्मेदवार बन्दैछन् । यसअघि भएका छ निर्वाचनमा ओली २०४८, ०५१, ०५६, ०७० र ०७४ मा गरि पाँच पटक विजयी भईसकेका छन् ।
यस्तै ओली पहिलो संविधान सभाको निर्वाचन २०६४ मा भने पराजित भएका थिए । आगामी मंसिर ४ गतेहुने प्रतिनिधि सभाको निर्वाचनमा नेकपा एमालेले भावी प्रधानमन्त्रीका रुपमा अध्यक्ष ओलीलाई अगाडि सारेको सन्देश सहित जनतासामु जाने निर्णय गरिसकेको छ ।
प्रतिक्रिया दिनुहोस्